लकडाउनको मौका छोपेर दाङमा सुनचाँदी पसलमा चोरी

 चैत १५, २०७६ शनिबार ११:५४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ - लकडाउन आह्वान भएको चौथो दिन शुक्रबार मध्यरातमा तुलसीपुरको सुनचाँदी पसलबाट झण्डै ३ लाखभन्दा बढी मूल्य बराबरको सुनचाँदीका गरगहना चोरी भएको छ ।

टीका सुनचाँदी पसल तुलसीपुरबाट शुक्रबार बिहान साढे १ बजे सडक छेउको शटरको ताला फोडेर गरगहना चोरी भएको प्रहरीले जनाएको छ । सीसी क्यामरामा एक जना सेतो खैरो रङको ज्याकेट लगाएर ताला फोडेर भित्र गएको देखिएको छ । 

पसलबाट चाँदी, चार आनाको पञ्चरत्ने बाला, कालीगढको सन्दुकमा राखिएको १२ आनाको तिलहरी बनाउने सुन, १० तोला चाँदीको बिछीया र केही नगद चोरी भएको छ ।

बिहान पसलको अवस्था हेर्दा शटरको ताला फोडेको देखेपछि प्रहरीलाई खबर गरेको सुनचाँदी व्यवसायी तुलसीराम सुनारले जानकारी दिनुभयो । घटनाको अनुसन्धान भइरहेको तुलसीपुर प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया