कराते खेल्न लमजुङका खेलाडी भारत गए

 साउन ११, २०७५ शुक्रबार १७:५०:१३ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ  -लमजुङका कराते खेलाडी भारत गएका छन् । 

शनिबारदेखि १४ गतेसम्म भारतको राजस्थानको जयपुरमा हुन लागेको तेश्रो आईएमएएस इन्टरनेसनल कराते च्याम्पियन्ससिप २०१८ मा भाग लिन टोली भारत पुगेको हो । 

प्रशिक्षक पे्रेमबहादुर गुरुङको नेतृत्वमा सुन्दरबजार नगरपालिकाको भोटेआडारमा रहेको मस्र्याङ्दी कराते डोजोका खेलाडीहरु भारत गएका हुन् । टोलीमा अफिसियल दानबहादुर परियारसँगै कविन गुरुङ, सुनिल घले, लक्ष्मण तामाङ, विक्रम घले, विकास गुरुङ, शलिना सुनार, सरस्वती गुरुङ सहभागी छन् । 

खेलाडीले विभिन्न तौल तथा उमेर समूहसँग प्रतिस्पर्धा गर्ने प्रशिक्षक गुरुङले जानकारी दिनुभयो ।उहाँका अनुसार च्याम्पियनसिपमा लमजुङसहित नेपालबाट ३२ खेलाडीले  सहभागिता जनाउने छन् ।  

च्याम्पियनसिपमा नेपाल, भारत, इरान, माल्दिभ्स, भुटान लगायत ११ देशका खेलाडीले सहभागिता जनाउनेछन् । 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

1 Comments

  • Binita sapkota poudel

    July 28, 2018, 12:18 p.m.

    Good job keep it up

  •  0 Reply

तपाईको प्रतिक्रिया