कोरोनाविरुद्ध लड्न टाटाले भारतलाई पाँच सय करोड सहयोग गर्ने

 चैत १५, २०७६ शनिबार २०:५६:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - टाटा ट्रस्टका अध्यक्ष रतन टाटाले कोरोना भाइरस (कोभिड- १९) विरुद्ध लड्न भारतलाई पाँच सय करोड भारु सहयोग गर्ने बताउनु भएको छ। 

उहाँको तर्फबाट प्रकाशित बयानमा अहिले भारत तथा विश्वको वर्तमान स्थिति चिन्ताजनक रहेको र कोभिड १९ विरुद्ध लड्न तत्काल आपत्कालीन सहायता आवश्यक रहेको बताउनु भएको हो  । 

टाटा ट्रस्टले सबै समुदायलाई सशक्त बनाउन र सुरक्षित गर्न पाँच सय करोड भारु दिने प्रतिवद्धता व्यक्त गरेको बयानमा भनिएको छ । यो पाँच सय करोड भारु फ्रन्टलाइनमा काम गरिरहेका स्वास्थ्यकर्मीका लागि चिकित्सा, रेस्पिरेटरी सिस्टम, परीक्षण किट्स आदिमा प्रयोग हुने बताइएको छ । 

कोभिड १९ लाई लिएर शनिबार भएको पत्रकार सम्मेलनमा केन्द्रीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले एकैदिन एक सय ४९ जना सङ्क्रमित भएको र दुई जनाको ज्यान गएको बताएका छन् । भारतमा अहिलेसम्म २० जनाको ज्यान गएको छ भने सङ्क्रमित हुनेको सङ्ख्या आठ सय ५० भन्दा माथि छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया