पहाडी क्षेत्रमा आंशिक बदली, अन्य ठाउँको मौसम सफा रहने

 चैत १६, २०७६ आइतबार ७:५३:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आइतबार पहाडी क्षेत्रको मौसम आंशिक बदली भए पनि अन्य ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् । 

अहिले पानी पार्ने कुनै पनि प्रणाली सक्रिय नभएको तर स्थानीय वायुको प्रभावले पहाडी क्षेत्रको मौसम आंशिक बदली हुने र अन्य ठाउँको मौसम भने सफा हुने मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो । उहाँका अनुसार तापक्रम बढ्दै गएकाले अब दिउँसोपछि हावाहुरी चल्न थाल्नेछ । 

जमिनको सतह तातेपछि भूमरी बनेर हावाहुरी चल्ने मौसमविद् अर्यालको भनाइ छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरिकै तापक्रम बढ्दै गएको छ । 

शनिबार २९ डिग्री सेल्सियस पुगेको काठमाण्डौको शनिबार दिउँसोको तापक्रम २८ देखि ३० डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ । 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया