चुरोट, बिँडी खानेहरु कोरोनाको उच्च जोखिममा : विश्व स्वास्थ्य सङ्गठन

 चैत १६, २०७६ आइतबार ८:५७:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विश्व स्वास्थ्य सङ्गठनले चुरोट, बिँडी खाने (धूम्रपान गर्ने) हरु कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिममा रहेका बताएको छ । 

चुरोट, बिँडी खानेहरुलाई पहिले नै फोक्सोको रोग हुने जा फोक्सोको क्षमता कमजोर हुन सक्ने भएकोले गम्भीर बिरामीको जोखिम बढाउने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । 

चुरोट, बिँडीका कारण शरीरमा अक्सिजनको मात्रा कम हुने वा शरीरको क्षमता बढाउने शक्ति कम हुने हुँदा त्यस्ता व्यक्तिलाई निमोनिया जस्ता फोक्सोको गम्भीर समस्याको जोखिम हुने जनाइएको छ । 

यसको साथै चुरोट, बिँडी खानेहरुले कोरोना भाइरस प्रसारणलाई बढाउने जोखिम पनि धेरै रहेको विश्व स्वास्थ्य सङ्गठनको भनाइ छ । चुरोड, बिँडी समात्ने औँला तथा चुरोट बिँडी ओठको सम्पर्कमा रहने भएकोले हातबाट भाइरस सर्ने जोखिम उच्च रहेको हो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया