नेपाल बैंकले एफफीओ निष्काशन गर्दै

 जेठ ११, २०७५ शुक्रबार १७:५०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ ११ – नेपाल बैंक लिमिटेडले २ सय ८० रुपैयाँमा थप शेयर अर्थात एफपीओ निष्काशन गर्ने भएको छ । 

बैंक सञ्चालक समितिले एक सय रुपैयाँ अंकित मूल्यमा थप १ सय ८० रुपैयाँ प्रिमियम थपेर एफपीओ निष्काशन गर्ने प्रस्ताव गरेको हो । नेपाल बैंकको शेयर नेपाल स्टक एक्सचेञ्जमा हिजो ३ सय ३६ रुपैयाँमा किनबेच भएको थियो । जुन मूल्य उसले प्रस्ताव गरेको एफपीओको मूल्यभन्दा ५६ रुपैयाँ बढी हो । 

बैंकको प्रस्ताव धितोपत्र बोर्ड र नेपाल राष्ट्रबैंकबाट स्वीकृत हुनु पर्ने छ । बैंकको पछिल्लो साधारणसभाले एक करोड ७६ लाख ८४ हजार कित्ता एफपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्ने छ । नेपाल बैंकको अहिलेको चुक्ता पुँजी ८ अर्ब ३ करोड ५९ लाख रुपैयाँ छ । एफपीओ निष्काशनपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ८० करोड नाघ्ने छ ।  नेपाल बैंकमा नेपाल सरकारको ६२ दशमलव २१ र सर्वसाधारणको ३७ दशमलव ७९ प्रतिशत शेयर छ । 

एफपीओ निष्काशनपछि सरकारी स्वामित्व ५१ र सर्वसाधारणको स्वामित्व ४९ प्रतिशत रहने छ । चालु आर्थिक वर्षको ९ महिनामा नेपाल बैंकले साढे २ अर्व रुपैयाँ खुद नाफा गरेको छ । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया