रसुवागढी नाकामा हेल्थ डेस्क सञ्चालन गर्न भवन निर्माण

 चैत १६, २०७६ आइतबार १३:४६:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - रसुवागढी नाकामा हेल्थ डेस्क सञ्चालनका लागि प्रिफ्याब भवन निर्माण भएको छ । भवनको अभावमा परीक्षण गर्न समस्या भएपछि आइतबारदेखि नयाँ भवन सञ्चालनमा ल्याइएको हो । 

एउटा हलसहित दुई वटा कोठा निर्माण भएको छ । चीनतर्फ स्वास्थ्य परीक्षणका लागि सुविधा सम्पन्न भवन भए पनि नेपालतर्फ अस्थायी टहराबाट सेवा प्रदान गरिँदै आएको थियो । 

वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रिफ्याब भवन निर्माणका लागि ३९ लाख ५० हजार रुपयाँ बजेट उपलब्ध गराएको थियो । मन्त्रालयले बजेट उपलब्ध गराएपछि एसबीआई कम्पनीले भवन निर्माण गरेको हो । 

भवन निर्माण भएसँगै कोरोना भाइरस (कोभिड–१९) को परीक्षणमा सहज हुने विस्वाश लिइएको अस्पताल विकास समिति रसुवाका अध्यक्ष रामशरण कुइँकेलले बताउनुभयो । लागि भवन निर्माण भएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया