कोरोना जाँच गर्न सातै प्रदेशमा प्रयोगशाला स्थापना हुने, सबै सामग्री आइपुग्यो

 चैत १६, २०७६ आइतबार १७:४७:५० | उज्यालो सहकर्मी
unn.prixa.net

 काठमाण्डौ - सरकारले सात वटै प्रदेशमा कोरोना भाइरसको जाँच गर्न प्रयोगशाला स्थापना गर्ने भएको छ । 

प्रदेश २ को जनकपुर, वाग्मती प्रदेशको हेटौँडा, गण्डकीको पोखरा, प्रदेश ५ को बटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रयोगशाला स्थापना हुने भएको हो ।

‘यी सबै ठाउँमा प्रयोगशाला स्थापनाको लागि आवश्यक उपकरण एवं सामग्री आइसकेको र ती ठाउँमा कर्मचारी पठाएर प्रयोगशाला निर्माणको काम थालिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले बताउनुभयो ।

प्रयोगशाला स्थापनाको लागि आइतबार बिहान चीनबाट सामग्री आएको उहाँले जानकारी दिनुभयो ।

प्रदेश १ को विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट आइतबार अर्थात आजदेखि जाँच सुरु भएको छ ।

अन्तिम अपडेट: जेठ १३, २०७७

तपाईको प्रतिक्रिया