त्रिशूली बस दुर्घटना अपडेट: ६ मृतककाे सनाखत

 साउन ११, २०७५ शुक्रबार १९:४६:४१ | राधेश्याम खतिवडा

चितवन – काठमाडौंबाट पोखराका लागि छुटेको बस त्रिशूली नदीमा खस्दा ज्यान गुमाउने ८ मध्ये ६ जनाकाे सनाखत भएकाे छ ।

 काठमाडौंबाट पोखरा जाँदै गरेको ना ६ ख २५०६ नम्बरको बस इच्छाकामना गाँउपालिका ३ चुम्लिङटारबाट त्रिशूली नदीमा खसेको हो । 

सडक छेउमा धोएर निकाल्दै गरेको ना ५ ख ७४०९ नम्बरको ट्रकसँग ठक्कर खाँदा बस त्रिशूलीमा खसेको प्रहरीले बताएको छ । 

घटनालगत्तै चितवनको कुरिनटारमा रहेको सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम केन्द्रका सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय मिलेर उद्दार गरेका थिए  । 

घाइतेहरुको चितवनको विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख सुशील सिं राठौरले ५ जना घाइतेलाई पोखरा पठाएको जानकारी दिनुभयो । 

बस सडकबाट खस्दा खोँचमा अड्केका कारण नदीमा पुग्नबाट रोकिएको थियो ।

मृतकहरुः

१. पाल्पा, बगनास कालिका गाउँपालिका, वर्ष ३२ – अर्जुन न्यौपाने 
२. नाम, थर, वतन नखुलेका, वर्ष ३ – बालक
३. नाम, थर, वतन नखुलेका, वर्ष १९ – महिला
४.तनहुँ, भानु न.पा–५, वर्ष २७ – सुमित श्रेष्ठ
५. तनहुँ,भन्सार, अन्दाजी वर्ष २७ – कमला श्रेष्ठ
६. काठमाडाैं, वर्ष ३० – रबिन गुरुङ 
७. तनहुँ , केशवटार–वर्ष ४० – बाबुराम तिवारी

८. भारत, बिहार बेतिया– फिरोज मिया


घाईतेहरुः


१. धादिङ, गजुरी, वर्ष २२–सन्तोष सुवेदी - मध्यम ( गजुरी धादिङ लगेको)

पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत घाइतेहरुः

१. बस चालक–स्याङजा पुतलीबजार न.पा–१, वर्ष ५१– उदयराज लामिछाने, दाहिने हातमा चोट - मध्यम 
२. चितवन, कालिका न.पा.,शक्तिखोर, वर्ष ९– क्रिस गुरुङ, टाउकोमा चोट - मध्यम
३. कास्की, पोखरा, वर्ष ४५–भक्त ब.बस्नेत - गम्भीर 
४.  नुवाकोट बिदुर न.पा-५, वर्ष १८ - सौजन गजुरेल - मध्यम 
५. कास्की पोखरा, वर्ष २५ - मेघ बहादुर पुन- मध्यम 
६. तनहुँ, डुम्रे भन्सार, वर्ष ५१ - बिष्णु कुमार श्रेष्ठ - मध्यम 
 

मनकामना अस्पताल भरतपुरतमा उपचाररत घाईतेहरुः

१  धादिङ, नीलकण्ठ न.पा.–६, वर्ष २१–रमिता राना - गम्भीर 
२. स्याङजा, वालिङ न.पा–९, वर्ष ४०–प्रमोद पंगेनी - गम्भीर 
३. पर्वत, कुश्मा न.पा.–१४, वर्ष ४०– बासुदेव पौडेल - गम्भीर
४.तनहुँ, छिन्केश्वरी गा.पा–५, वर्ष ५५– प्रतिमाया गुरुङ - गम्भीर 

यस बाहेक पहिचान खुल्न नसकेका ५ जना घाइतेलाई पोखरातर्फ पठाइएको प्रहरीले बताएको छ ।  

 

अन्तिम अपडेट: बैशाख ८, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया