चैत महिनामा सामाजिक सुरक्षा कोषमा श्रमिकले योगदान रकम बुझाउन नपर्ने

 चैत १७, २०७६ सोमबार ११:४३:८ | उज्यालो सहकर्मी

काठमाण्डौ – रोजगारदाता र श्रमिकले सामाजिक सुरक्षा कोषमा योगदान गर्नुपर्ने एक महिनाको रकम सरकारले तिरिदिने भएको छ । कोरोनाको राहत प्याकेज अन्तर्गत चैत महिनामा रोजगारदाता र श्रमिकले कोषमा योगदान गर्नपर्ने रकम सरकारले तिरिदिने भएको हो ।

चैत महिनाको योगदान रकम कोषमा नबुझाउन सामाजिक सुरक्षा कोषले सूचना जारी गरेको छ । योगदानमा आधारित सामाजिक सुरक्षायोजना अन्तर्गत कोषमा सूचीकृत भएका श्रमिकको आधारभूत तलबको ३१ प्रतिशत रकम कोषमा प्रत्येक महिना जम्मा गर्नुपर्छ ।

जसमध्ये २० प्रतिशत रोजगारदाताले र ११ प्रतिशत श्रमिक आफैले योगदान गर्नुपर्ने प्रावधान रहेको छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया