ग्यासको सिलिण्डर बोकेका नागरिकलाई यातना दिएको तस्बिरमाथि प्रहरीको छानबिन सुरु

 चैत १७, २०७६ सोमबार १२:१६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर: सामाजिक सञ्जाल

काठमाण्डौ - ग्यासको सिलिण्डर बोेकेका नागरिकलाई सिलिण्डर सहित सडकमा बस्न लगाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले छानबिन सुरु गरेको छ ।

अत्यावश्यक वस्तुको सूचीमा रहेको ग्यास बोक्ने नागरिकलाई यातना दिएको भन्दै चर्को आलोचना भएपछि प्रहरीले छानबिन थालेको हो ।

प्रहरीले भनेको छ – सामाजिक सञ्जालमा प्रहरी कर्मचारीले सर्वसाधारणलाई ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको तस्बिरको सम्बन्धमा सबैबाट प्राप्त भएको सुझाव, गुनासोलाई प्रहरी प्रधान कार्यालयले गम्भीरतापूर्वक लिएको र आवश्यक छानबिन भइरहेको जानकारी गराउँदछौँ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

1 Comments

  • Krishna Kunwar

    March 31, 2020, 12:43 a.m.

    याे सिलिन्डर भरिएकाे हाेकी खाली हाे । सिलिन्डर बाेक्नेकाे सबै बिवरण खुल्लाउने गरि प्रकाशित गरे कसाे हाेला ।

  •  0 Reply

तपाईको प्रतिक्रिया