नेपालमा कोरोना नियन्त्रणमा सहयोगका लागि कोरियामा डेढ करोड संकलन

 चैत १७, २०७६ सोमबार १४:४९:५८ | उज्यालो सहकर्मी

वैदेशिक रोजगारीको लागि कोरियामा रहेका नेपालीहरुले नेपालमा कोरोनाको संभावित संक्रमण रोक्ने काममा सहयोग गर्न एक करोड ५० लाख रुपैँया संकलन गरेका छन् । 

अहिले कोरियामा प्रयोग भैरहेको तीन घण्टामै कोरोना परीक्षणको नतिजा दिने किट्स, पीपीइ लगायत स्वास्थ्यसम्बन्धी सामग्री किनेर पठाउन रकम संकलन गरिएको गैह्रआवासीय नेपाली संघ कोरियाका सचिव मनोज गौतमले जानकारी दिनुभयो । संघले हिजोसम्म रकम संकलन गरेको थियो ।  

गैह्रआवासीय नेपाली संघको तर्फबाट तीन हजार र कोरियामा रहेका नेपालीहरुको तर्फबाट दुई हजार किट्स खरिद गरी नेपाल पठाउने तयारी भए पनि उडान समस्याका कारण ढिला भएको र आउँदो शुक्रबारसम्ममा सामग्री पठाइसकिने  सचिव गौतमले जानकारी दिनुभयो । 

किट्स, पीपीईलगायत सामग्री खरिदका लागि कोरियन कम्पनी क्इीन्भ्ल्त् सँग नयाँ सम्झौता गरिएको पनि सचिव गौतमले बताउनुभयो ।

‘नेपाल र कोरियाली सरकारसँगको समन्वयमा अप्रिल तीन तारिखमा चार्टर उडानको तयारी भैरहेको छ, त्यो सम्भव नभएमा सौल ग्वाङझाऊ हुदै अप्रिल तिन तारिखसम्म नेपाल पुराउने हाम्रो प्रयास हुनेछ’ गैह्र आवासीय नेपाली संघ कोरियाका महासचिव बिमल सुबेदीले भन्नुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया