ह्यारी र मेगनले आफ्नो सुरक्षा खर्च आफैँ ब्यहोर्नू : अमेरिकी राष्ट्रपति ट्रम्प

 चैत १७, २०७६ सोमबार १५:१९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इङ्ल्यान्डको राजप्रासाद छाडेर स्वतन्त्र जीवन बिताइरहेका बेलायती राजकुमार ह्यारी र मेगन मर्केलको सुरक्षा खर्च ब्यहोर्न नसक्ने बताउनु भएको छ । 

राष्ट्रपति ट्रम्पले ह्यारी र मेगन क्यानाडाबाट अमेरिकाको लस एन्जलस आइसकेको खबर सार्वजनिक भएसँगै आइतबार ट्वीट गर्दै उक्त विचार सार्वजनिक गर्नुभएको हो।

उहाँले ट्वीटमा भन्नुभएको छ, ‘म बेलायती महारानी र संयुक्त अधिराज्य बेलायतको ठूलो प्रशंसक हुँ । बेलायत छाडेर ह्यारी र मेगन क्यानाडा बस्न थालेको खबर यसअघि आएको थियो । अहिले उनीहरु क्यानाडा छाडेर अमेरिका आएको खबर पाएँ, तर उनीहरुको सुरक्षा खर्च ब्यहोर्न अमेरिका तयार छैन । उनीहरुले आफ्नो बन्दोबस्त आफैँ गरुन् ।'

यसै वर्षको शुरुमा ह्यारी र मेगनले बेलायती राजदरबार परित्याग गरी आफ्नो पद समेत त्याग गरेको घोषणा गरेका थिए । राजदरबार परित्याग गर्ने बेलामा उनीहरुले अमेरिका र बेलायतमा आलोपालो बस्ने बताएका थिए। 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया