रापेछापमा जीप दुर्घटना : उपचारको क्रममा दुई जनाको ज्यान गयो

 चैत १८, २०७६ मंगलबार १३:२७:३७ | दीपक भट्ट

रामेछाप – खाँडादेवी गाउँपालिका १ राकाथुमको माझीगाउँमा मङ्गलबार बिहान भएको जीप दुर्घटनामा गम्भीर घाइते भएकामध्ये दुई जनाको उपचारको क्रममा ज्यान गएको छ ।

जीप दुर्घटनामा घाइते भएकी दोरम्बा गाउँपालिका २ की सङ्गीता पहरी र त्यही गाउँका अर्का नाम नखुलेका एक पुरुषको उपचारको क्रममा ज्यानगएको छ । सङ्गीताको उपचारको क्रममा धुलिखेल अस्पतालमा र अर्का पुरुषको शिर मेमोरियल अस्पताल बनेपामा ज्यान गएको हो जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक (इन्स्पेक्टर) टेकेन्द्र पौडेलले जानकारी दिनुभयो ।

भक्तपुरबाट रामेछापको दोरम्बा गाउँपालिका जाँदै गरेको बा १४ च ९४९८ नम्बरको जीप आज बिहान खाँडादेवी गाउँपालिकाको राकाथुमको माझी बस्तीमा दुर्घटना हुँदा जीपमा सवार ३० जना घाइते भएका थिए ।

अन्तिम अपडेट: बैशाख १, २०७७

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया