आईपीएल क्रिकेटमा आज दिल्ली र गुजरात खेल्दै
बैशाख १२, २०८१ बुधबार
महोत्तरी - पूर्व स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र कुमार यादवले संसदीय कोषमार्फत कोराना भाइरस (कोभिड १९) को नियन्त्रण तथा यस बाट प्रभावित भएकाहरुलाई राहत उपलब्ध गराउन साढे ३ करोड रुपैयाँ सहयोग गर्नुभएको छ ।
महोतरी क्षेत्र नम्बर ४ का सांसदसमेत रहनुभएका डा यादवले महोतरी आफ्नो क्षेत्रका ५ वटा पालिकाका लागि सहयोग रकम उपलब्ध गराउनुभएको हो । सहयोग रकम सम्सी गाउँपालिकालाई १ करोड र औरही, रामगोपालपुर, मनरा, सिस्वा र सोनमा गाँउपालिकालाई पचास पचास लाखको दरले प्रयोग हुने र आवश्यकता अनुसार सो रकममा थप गरिने डा यादवले बताउनुभयो ।
डा. यादवले सहयोग गरेको रकमबाट प्रत्येक पालिकाहरुमा कोरोना संक्रमणको शंकास्पद व्यक्तिहरु र खास गरेर देश बाहिरबाट आएकाहरुलाइ क्वरेण्टीन निर्माणलगायत आवश्यक पर्ने कुराको व्यवस्थापन गरिनेछ ।
रमेश भुसाल
April 1, 2020, 8:27 a.m.सरकारले विनियोजन गरेको रकम पनि सहयोग हुन्छ र ? यो समाचार बनाउनु र प्रकाशन गर्नु पूर्व सम्बन्धित पक्षले एकपटक विचार गर्नु पर्ने होइन र ? सरकारी रकम पनि सांसदले सहयोग गरेको भनेर समाचार बनाउने ।