तनहुँको गौरवको आयोजना पराशर मार्गमा कालोपत्र गर्न शुरु
बैशाख १२, २०८१ बुधबार
काठमाण्डौ - सरकारले ज्वरो आएका बिरामीको उपचार गर्न सबै अस्पताललाई निर्देशन दिएको छ ।
केही अस्पतालले ज्वरो आएका बिरामीको उपचार नगरेको भन्ने गुनासो आएकाले ज्वरोका बिरामीको उपचार गर्न सबै अस्पताललाई निर्देशन दिएको हो ।
आज नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डाक्टर खेम कार्कीले कतिपय अस्पतालले ज्वरो आएका बिरामीलाई भेदभाव गर्ने गरेका पाइएको भन्दै त्यसो नगर्न आग्रह गर्नुभयो ।
उहाँले ज्वरो आउनासाथ कोरोना भएको हुन्छ भन्ने भ्रम हटाउन पनि सुझाव दिनुभयो । यस्तै व्यक्तिगत सुरक्षा सामाग्री पीपीईको दुरुपयोग भएको देखिएको भन्दै त्यसो नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।
सामाजिक सञ्जालमा केही स्वाथ्यकर्मीले व्यक्तिगत सुरक्षा सामाग्री पीपीई लगाएर फोटो खिचेर राखेको देखिएको भन्दै जटिल परिस्थितिमा अति आवश्यक पर्ने पीपीई को सदुपयोग गर्न आग्रह गर्नुभयो ।
यस्तै, मन्त्रालयले कोभिड १९ को छिटो परीक्षण हुने भन्दै हल्ला फैलाएर र्यापिड टेष्ट किटमार्फत परीक्षण गर्ने बताइरहेकाले त्यो विश्वास नगर्न पनि आग्रह गरेको छ ।
र्यापिड टेष्ट किटलाई विश्वस्वास्थ्य संगठनले मान्यता नदिएकाले त्यसको पछि नलाग्न पनि मन्त्रालयले आग्रह गरेको छ ।