कोरोना संक्रमितको संख्या आठ लाख नाघ्यो

 चैत १८, २०७६ मंगलबार १८:५:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित हुनेहरुको संख्या आठ लाख नाघेको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमण अहिले विश्वका दुई सय देश र दुई वटा अन्तर्राष्ट्रिय पानीजहाजमा फैलँदा आठ लाख एक हजारभन्दा धेरैमा सङ्क्रमण भएको हो । 

सङ्क्रमितमध्ये ३८ हजार सात सय ६९ जनाको ज्यान गइसकेको छ भने एक लाख ७२ हजार ३१९ जना उपचारपछि निको भएका छन् । सबैभन्दा धेरै अमेरिकामा एक लाख ६४ हजार ३५९ जना, इटलीमा एक लाख एक हजार ७३९ जना र स्पेनमा ९४ हजार चार सय १७ जनामा सङ्क्रमण भएको छ । 

भाइरस सुरु भएको चीनमा ८१ हजार पाँच सय १८ जनामा सङ्क्रमण भएको छ ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया