'लकडाउन' : खबर सीमित गर्नुस्, वर्तमानमा रमाउनुस्

 चैत १९, २०७६ बुधबार ८:८:२८ | एजेन्सी
unn.prixa.net

तस्बिर: हेल्थ इसेन्सियल्स

काठमाण्डौ -  विज्ञहरुले कोरोना भाइरस (कोभिड १९) का बारेमा खबरहरु हेर्ने, पढ्ने र सुन्ने समयलाई सीमित गर्न सुझाव दिएका छन् ।

कोरोना फैलिरहेको, थप ज्यान गएको, मानिसहरु भोकै पर्न थालेको जस्ता खबरहरु बारम्बार सुन्दा मानसिक समस्या हुने भन्दै त्यस्ता खबरहरुलाई सीमित पार्न विज्ञहरुले सुझाव दिएका हुन् । यस्तै विज्ञहरुले आफूले पढ्ने सामग्रीका बारेमा विचार गर्न पनि सुझाव दिएका छन् ।

इतिहासका गर्विला कुरा, विभिन्न समस्याबाट पार पाएका उदाहरण, पुर्खाहरुका रोचक कुरा, सफल भएका व्यक्ति, समाज वा देश बारेको सामग्रीका साथै रमाइलो लाग्ने खालका सामग्री हेर्न, सुन्न तथा पढ्न सुझाव दिँदै विज्ञहरुले यो बेला मानसिक स्वास्थ्य ठिक राख्नुपर्ने बताएको बीबीसीले जनाएको छ ।

लकडाउनका कारण घरमै बस्दा र कोरोनाले ल्याएको समस्याबारेमा बारम्बार खबर सुन्नुपर्दा मानसिक स्वास्थ्यमा असर पर्नेतर्फ सचेत रहन बेलायतको ुमाइन्डु नामक मानसिक स्वास्थ्य संस्थाले सुझाव दिएको छ । यस्तै फेसबुक, ट्विटर, यूट्युब लगायतका सामाजिक सञ्जालको प्रयोगलाई पनि धेरै घटाउन विज्ञहरुले सुझाव दिएका छन् ।

यस्तो समयमा हुन सक्ने मानसिक स्वास्थ्यको असरलाई रोक्न चिन्ता बढाउने सामग्री बन्द गर्ने, हात धुने तर अति नगर्न सचेत गराइएको छ । 

साथै अरु मानिससँग सञ्चारको माध्ययमबाट सम्पर्क गरिरहने, धपेडी हुने गरी काम नगर्ने, विश्राम गर्ने, परिस्थितिलाई स्वीकार गर्ने, नबहकिने र वर्तमानमा रमाउने गरेमा मानसिक स्वास्थ्य ठिक राख्न सहयोग पुग्ने विज्ञहरुको सुझाव रहेको खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: जेठ ४, २०७७

तपाईको प्रतिक्रिया