रगतको अभाव हुन नदिन काठमाण्डौ उपत्यकामा घरदैलो रक्तदान अभियान

 चैत १९, २०७६ बुधबार १२:२२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ - ब्लड डोनर्स एसोसिएसन नेपाल  (ब्लोदान) ले रगतको अभाव हुन नदिन काठमाण्डौ उपत्यकामा घरदैलो रक्तदान अभियान गरिरहेको छ ।

विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) का कारण मानिस घरमै बस्न थालेपछि रगत अभाव नहोस् भनेर घरदैलो रक्तदान अभियान गरिरहेको ब्लोदानका अध्यक्ष सानुबाबु प्रजापतिले बताउनुभयो । 

गएको शुक्रबारदेखि सुरु गरिएको अभियानको क्रममा मङ्गलबारसम्ममा दुई सय ८९ पिन्ट रगत सङ्कलन गरिएको छ । सङ्कलन गरिएका रगत ब्लोदानले ब्लड बैंकमा पठाउनेछ ।

सरकारले नै अति आवश्यक बाहेकका शल्यक्रिया अहिले नगर्न निर्देशन दिए पनि नियमित डायलासिस, सुत्केरी र आकस्मिक शल्यक्रिया गर्नुपर्दा रगतको समस्या हुने गरेको हो ।

सामान्यतया अरु बेलामा तीन सय ५० देखि चार सय पिन्ट रगत माग हुने गरेकोमा अहिले भने माग घटेको छ ।

ब्लोदानले बुधबार पनि काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा रगत सङ्कलन गर्ने जनाएको छ । विदेशबाट तीन हप्ताभन्दा अघि आएकाहरुलाई भने रक्तदान नगर्न पनि ब्लोदानले अनुरोध गरेको छ ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया