कोरोना रोकथाम कोषमा जम्मा भयो २२ करोड रुपैयाँ

 चैत १९, २०७६ बुधबार १३:५२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा मंगलबारसम्म २२ करोड ३२ लाख ३७ हजार ५६९ रुपैयाँ जम्मा भएको छ ।

 सरकारले गएको चैत १० गते बसेको मन्त्रिपरिषद् बैठकबाट कोष स्थापना गर्दै कोरोना भाइरसको रोकथामका लागि कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले दैनिक कोषमा रकम जम्मा भइरहेको जानकारी दिनुभयो । 

उहाँका अनुसार कोषमा मंगलबारमात्र नेपाल औद्योगिक महासङ्घले ५० लाख रुपैयाँ एक लाख रुपैयाँभन्दा कम दिएकाबाट एक करोड नौ लाख २९ हजार २४ रुपैयाँ जम्मा भएको छ । सरकारले कोषमा रकम जम्मा गर्न आह्वान गरेपछि सांसद, कर्मचारी, उद्योगीले जम्मा गरिरहेका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई महिना, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले एक महिना बराबरको रकम उक्त कोषमा जम्मा गरिसक्नुभएको छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया