दानी मेयर : नगरपालिकाको कार्यालय बनाउन ५ करोड बराबरको जग्गा दान

 साउन १२, २०७५ शनिबार ८:२९:२८ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीको बोदेवरसाइन नगरपालिकाका मेयर आतेशकुमार सिंह यादवले नगरपालिकाको कार्यालय भवन निर्माण गर्न करिब ५ करोड रुपैयाँ बराबरको जग्गा दान गर्नुभएको छ ।

नगरपालिकाको केन्द्र वरसाइन बजारमा कार्यालयको नयाँ भवन निर्माण गर्न उहाँले आफ्नै नाममा रहेको १० कठ्ठा जग्गा दान गर्नुभएको हो । पहिलेदेखि सञ्चालनमा रहेको नगरपालिकाको कार्यालय कृषि सेडमा सञ्चालन हुँदै आएको छ । सेवाग्राहीलाई सुविधा हुने गरी कार्यालय नरहेकाले बजारमै नयाँ कार्यालय भवन निर्माण होस भनेर उहाँले आफ्नै जग्गा दान गर्नुभएको हो ।

कार्यालय भवनका लागि दान गरिएको जग्गा मालपोत कार्यालय राजविराजबाट नगरपालिकाको नाममा रजिष्ट्रेशन गरिएको मेयर यादवले बताउनुभयो । मेयरले जग्गा उपलब्ध गराएसँगै नयाँ भवन निर्माण गर्न प्रक्रिया थालिएको नगरपालिका कार्यालयले जनाएको छ ।

साविक गाविसहरु वोदे वरसाईन, सारस्वर, फुलकाही, मानराजा, खडकपुर, काचन, देउरी, धनगढी (१–८) र नेगडा गरी कुल ५८ दशमलव ९३ वर्ग्किलोमिटर क्षेत्रमा रहेको नगरपालिकामा ४३ हजार २२९ जनसंख्या रहेको छ ।


 

अन्तिम अपडेट: बैशाख ४, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • John Lamba

    July 29, 2018, 7:29 a.m.

    If this news is true, I salute you. We need such leaders in Nepal.

  •  0 Reply

तपाईको प्रतिक्रिया