च्याम्पियन्स लिग र युरोपा लिग अनिश्चितकालका लागि स्थगित

 चैत १९, २०७६ बुधबार २०:४६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरसको प्रकोपका कारण यूईएफएले च्याम्पियन्स लिग र युरोपा लिग फुटबल अनिश्चितकालका लागि स्थगित गरेको छ ।

आउँदो जुन महिनामा आयोजना गर्ने तयारी गरिए पनि अहिले कोरोनाको महामारी बढ्दो अवस्था रहेको भन्दै यूईएफएले अनिश्चितकालका लागि स्थगित भएको जनाएको हो ।

 युरो २०२० को प्लेअफ म्याचलाई २०२१ मा सारिएको छ भने महिला युरो २०२१ को क्वालिफाइङ म्याच पनि स्थगित भएको छ । 

बुधबारको बैठकपछि युईएफएले  यो निर्णय गरेको जनाइएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया