भारतमा कोभिड १९ सङ्क्रमितको सङ्ख्या दुई हजार नजिक

 चैत २०, २०७६ बिहिबार ६:५९:४५ | एजेन्सी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ - भारतमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको सङ्ख्या दुई हजार नजिक पुगेको छ ।

वर्ल्डोमिटरका अनुसार भारतमा गएको २४ घण्टामा ६ सय १ जना नयाँ सङ्क्रमित भेटिएका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या १ हजार ९ सय ९८ पुगेको छ । 

यस्तै ज्यान गुमाउनेको सङ्ख्या ५८ पुगेको छ । तर भारतीय सञ्चारमाध्यमले भने अहिलेसम्म ४१ जनाको ज्यान गएको र १ हजार ८ सय ३४ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया