पहाडी क्षेत्रका केही ठाउँमा चट्याङ र हावाहुरी सहित पानी पर्ने

 चैत २०, २०७६ बिहिबार ८:३४:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - बिहीबार देशको पहाडी क्षेत्रका केही ठाउँमा दिउँसोपछि चट्याङ र हावाहुरीसहित पानी पर्ने मौसमविद्ले बताएका छन् ।

स्थानीय वायुको प्रभावले पहाडी क्षेत्रका केही ठाउँमा दिउँसोपछि चट्याङ र हावाहुरीसहित असिना पानी पर्ने मौसमविद्ले बताएका हुन् ।

अरु ठाउँको मौसम भने सामान्यतया सफा नै रहनेछ । यस्तै राति पनि पहाडी क्षेत्रको मौसम आंशिक बदली भइ केही ठाउँमा चट्याङ तथा असिना पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले प्रिमनसुन अर्थात् मनसुन अघिको अवस्था चलिरहेको छ । यो बेलामा बिहान खुलेको मौसम दिउँसोपछि बदली भएर बेलुकीतिर चट्याङ र हुरीबतास सहित पानी पर्छ ।

यस्तै केही ठाउँमा भने असिना पानी पर्ने र नजिकै कुनै ठाउँमा पानी पर्दा नजिकै अर्को ठाउँमा नपर्न पनि सक्छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया