सबै किराना पसलमा दैनिक उपभोग्य वस्तुको मूल्य सूची राख्न ललितपुर महानगरपालिकाको निर्देशन

 चैत २०, २०७६ बिहिबार १०:४३:० | उज्यालो सहकर्मी

काठमाण्डौ – ललितपुर महानगरपालिकाले महानगरभित्रका सबै किराना पसलमा दैनिक उपभोग्य वस्तुको मूल्य सूची राख्न निर्देशन दिएको छ ।

लकडाउनको नाममा बढी मूल्यमा सामान बेचिरहेको गुनासो आएको भन्दै महानगरपालिकाले सूचना निकालेर सबै किराना पसलमा दैनिक उपभोग्य वस्तुको मूल्य सूची राख्न निर्देशन दिएको हो ।

यसको अनुगमन हुने र मूल्य सूची नराखेको पाइए कारबाही गर्ने महानगरपालिकाले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया