खाडीका देश र मलेसियामा भिसा सम्बन्धि व्यवस्था

 चैत २०, २०७६ बिहिबार १२:३३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

तपाईँ खाडीका देश र मलेसियामा हुनुहुन्छ र कोरोनाका कारण भिसाको म्याद थप्न, आईडीकार्ड नवीकरण गर्न, करार सकिएपछि पनि नेपाल फर्कन नपाएर अप्ठेरोमा पर्नु भएको छ ?

कोरोनाका कारण कम्पनीमा काम बन्द भएर घरमै बस्नु परेको छ अथवा कागजातबिहीन हुनुहुन्छ ? यस्तो समस्यामा हुनुहुन्छ भने नआत्तिनुहोस् । खाडीका देश र मलेसियाले यस्ता समस्या समाधान गर्ने प्रावधान ल्याएका छन् ।

कतिपय देशले श्रमिको गुनासो सुन्न छुट्टै हटलाइनको व्यवस्था गरेका छन् भने कतिले देशमा रहेका नेपाली दूतावासले यस्तो समस्या भएमा जानकारी गराउन भनेका छन् ।

विदेशमा कामबिहीन भएका र खान बस्न समस्या भएका श्रमिकलाई खाने बस्ने व्यवस्था मिलाउन नेपाल सरकारले नेपाली दूतावासलाई निर्देशन दिईसकेको छ । 

कुन देशमा कस्तो व्यवस्था ?

– कतारमा रहेका कुनै पनि देशका नागरिकलाई कोरोनाको सङक्रमण देखिएमा त्यहाँको सरकारले निःशुल्क उपचारको व्यवस्था गरेको छ । ज्वरो, खोकी वा सास फेर्न गाह्रो भएमा तुरुन्त अरुबाट अलग बसी कतार सरकारको कोभिड १९ को हटलाइन नम्बर १६००० मा सम्पर्क गर्न सकिन्छ । आपतकालीन अवस्था भएमा ९९९ मा फोन गरी एक्बुलेन्स बोलाउन सकिन्छ । 

– कतारले श्रमिकको गुनासो सुन्न छुट्टै हटलाइनको व्यवस्था गरेको छ । कोरोना भाइरसका कारण उत्पन्न परिस्थितीले कतारमा कार्यरत तपाईँलाई समस्या ९२७२७ नम्बरको हटलाइनमा फोन गर्नुहोस् र आफ्नो समस्या राख्नुहोस् । आफ्नो आईडी अथवा भिसा नम्बरसहित आफ्नो समस्या यो नम्बरमा म्यासेज पनि गर्न सकिन्छ । 

– कतारको श्रम मन्त्रालयका अनुसार, बिदामा गएका तर कोरोनाका कारण कतार फर्कन नपाएका श्रमिकको यो अवस्थाको अन्त्य भएपछि स्वतः कतारको भिसा नवीकरण हुने र कतार फर्कन पाउने व्यवस्था गरेको छ ।

– नेपाल फर्कने टिकट काट्नुभएको छ, तर सरकारले यात्रामा रोक लगाएको कारण देश फर्कन पाउनुभएन भने एअरलाइन्स कम्पनीसँग सम्पर्क गर्नुहोस् । आफ्नो समस्या बताउनोस् । अहिले धेरै एअरलाइन्स कम्पनीले बिना शुल्क यात्रा मिति सारिदिन्छन् । 

– यो समयमा भिसाको म्याद थप्न वा भिसाको अवस्था htpps://portal.moi.gov.qa/visitvisaextension  बाट थाहा पाउन सकिन्छ ।

– कतार आइडीको म्याद थप्न वा अवस्था थाहा पाउन metrash 2 एप्लिकेसन प्रयोग गर्न र थप नयाँ सूचना तथा जानकारीका लागि कतारको आन्तरिक मन्त्रालयको वेवसाइट हेर्नुहोस् ।

– कोभिड १९ पोजेटिभ देखिएका श्रमिकलाई मुकाइनिस क्षेत्रका केन्द्रहरुमा क्वारेण्टीनमा राखिने र त्यहाँ सबै आवश्यक उपचार खाना र बस्नको निःशुल्क व्यवस्था गरिएको मन्त्रालयले उल्लेख गरेको छ । यो सबै सुविधा कतारमा काम गर्ने घरेलु श्रमिकको हकमा पनि लागू हुन्छ ।

– कोरोनाको कारण अलग बस्दा, क्वारेण्टीनमा बस्दा वा उपचारमा रहँदा पनि कतारले सबै श्रमिकलाई आधारभूत तलब र भत्ता दिनेछ ।

– साउदीले पारिवारिक, पर्यटक वा व्यवसायिक भिसामा साउदी पुगेका तर कोरोना भाइरसको कारण भिसाको अवधिभित्र स्वदेश फर्किन नसकेका वा अवधि थप्न नपाएकाहरुको जरिबाना मिनाहा गरी सरकारी दस्तुर मात्र तिरेपछि २०२० अप्रिल ३० सम्म अवधि थप्ने भएको छ । 

– साउदीमा रहेको नेपाली दूतावासका अनुसार यो अवधि उडान नखुलेसम्म जारी रहने छ ।

– साउदी अरेबियाले फाइनल एक्जिट भिसा, एक्जिट भिसा, र रिइन्ट्रि भिसा लागेका विदेशी नागरिकलाई यस्तो भिसा क्यान्सिल गरी लाग्नसक्ने जारिबानाबाट बच्न अनुरोध गरेको छ । 

– त्यसैले यस्तो छाप आफ्नो पासपोर्टमा लागेको भएमा साउदीको आन्तरिक मन्त्रालयको वेवसाइट Absher वा Muqeem बाट यो छाप हटाउने प्रक्रिया अघि बढाउनुहोस् ।

– यो पोर्टलबाट सेवा लिन समस्या भएमा दूतावासको हटलाइन ०५५९३८९६०० नम्बरको ह्वाट्एपमार्फत आफ्नो विवरण पठाउनुहोस् । प्रक्रिया अघि बढाउन तपाईँलाई दूतावासले सहयोग गर्छ ।

– कोरोनाको जोखिमबाट बच्न सुरक्षा सतर्कता अपनाउनुहोस् ।

- कुवेतमा रहेका विदेशी नागरिकका लागि तीन महिनाको भिसा स्वत: थपिने भएको छ । मार्च १ देखि ३१ मेसम्मका लागि कुवेतको आवासीय भिसा स्वत: थप हुने कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ । यो नियम कुवेतमा रहेका तथा आवासीय भिसा सकिएका सबैमा र प्रवेश भिसामा कुवेत गएर कुवेतको आवासीय भिसा सकिएकाको हकमा पनि लागू हुनेछ ।

–  अहिले कुवेत सरकारले कोरोना सङ्क्रमण रोकथामका लागि कफ्र्यु लगाएको छ । यस्तो बेला बाहिर नहिँड्नुहोस् । कुवेत सरकारले जारी गरेको सुरक्षा सतर्कता अपनाउनुहोस् र कम्पनीको नियम पनि पालना गर्नुहोस् ।

– यूएईले १ मार्चपछि भिसाको म्याद सकिएकालाई २०२० भरि नै मान्यता दिने भएको छ । अब यो नियम लागू भएसँगै तपाईँ बिदामा घर फर्कनुभएको थियो तर कोरोनाका कारण यूएई फर्कन नपाउँदा मार्च १ पछि भिसाको अवधि सकिएको भएमा ३१ डिसेम्बर सन् २०२०सम्म भिसाको अवधि कायम हुनेछ ।

– यस्ता समस्या छन् र दूतावासको सहयोग चाहिएको छ भने यूएईमा रहेको नेपाली दूतावासमा सम्पर्क गर्न सकिन्छ । कोरोनाका कारण उत्पन्न परिस्थितीले समस्यामा परेको भए आबुधाबीमा रहेको नेपाली दूतावासको ०२६३४४७६७ र ६३४४३८५ नम्बरमा सम्पर्क गरेर सहयोग लिनुहोस् । 

ओमानमा रहेका र घरबिदामा गएर भिसा सकिएको भएमा रोयल ओमान पोलिस ROP मार्फत अनलाइन आवेदन दिन सकिन्छ । 

– ओमानमा पनि भिसा, आइडी वा करार अवधि सकिन लागेको छ भने ओमानमा रहेको नेपाली दूतावासका द्वितीय सचिव सुमेश थापालाई ७१५३०८४० मा सम्पर्क गर्नुहोस् ।

– यस्तै कोरोनाका कारण कुनै समस्या उत्पन्न भएमा दूतावासको हटलाइन नम्बर ७१५३०८४० मा अथवा ९६८२४६९६१७७ मा सम्पर्क गरेर सहयोग लिन सकिन्छ । 

– कोरोनाको शंका लागेमा ओमानको स्वास्थ्य मन्त्रालयको हटलाइन नम्बर २४४४१९९ मा सम्पर्क गर्न सकिन्छ । 


– बहराइनले नेपालीसहित अवैधानिक रुपमा काम गरिरहेका विदेशी नागरिकलाई आममाफी दिने भएको छ । ७ अप्रिलदेखि लागू हुनेगरी सन् २०२० भरी नै अवैधानिक रुपमा बसेकालाई बहराइन छोड्न वा वैधानिक हुने अवसर दिइएको बहराइनमा रहेको नेपाली दूतावासले जनाएको छ 

- घर फर्कन टिकट काटिसक्नु भएको थियो, तर कोरोनाका कारण उडान रद्द हुँदा घर फर्कन पाउनुभएन र त्यहीँ अड्किनु परेको छ भने दूतावासमा सम्पर्क गर्नुहोस् । बहराइनमा रहेको नेपाली दूतावासले नै यस्ता समस्या समाधान गर्न सहयोग गर्छ । 

– ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिएमा बहराइनको टोल फ्री ४४४ नम्बरमा तुरुन्त सम्पर्क गर्नुहोस् । आफ्नो स्वास्थ्यसँग सम्झौता नगर्नुहोस् ।

– जस्तोसुकै समस्या परे पनि बहराइनमा रहेको नेपाली दूतावासमा ९७३१७७२५५८३ मा सम्पर्क गरेर आफ्नो समस्या जानकारी गराउनोस् । 

–  रोजगारदाता कम्पनी र बहराइन सरकारले जारी गरेको सुरक्षा सतर्कता अपनाउनुहोस् । कोरोनाको जोखिमबाट बच्नुहोस् ।

- लकडाउनको अवधि सकिएपछि मलेसिया सरकारले कोरोनाको कारण भिसा सकिंदा पनि घर फर्कन नपाएकाहरुका सन्दर्भमा उचित व्यवस्था गर्ने मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले बताउनुभएकाे छ ।

– नेपाल फिर्ता हुने टिकट थियो, तर क्यान्सिल भयो अनि भिसा पनि सकिंदै छ भने सबैभन्दा पहिला कम्पनीलाई जानकारी गराउनुहोस् । 

– भिसा सम्बन्धी समस्या समाधानका लागि मलेसियाको अध्यागमन विभागमा सम्पर्क गर्नुहोस् । 

– घर बिदामा नेपाल आउनुभएको छ, तर कोरोनाका कारण तोकिएको समयमै फर्कन पाउनुभएको छैन भने रोजगारदातालाई सो कुराको स्पष्ट जानकारी दिनुुहोस्। अवस्था सामान्य नहुँदासम्म सुरक्षित भएर कोरोनाबाट जोगिन घरमै बस्नुहोस् । 

– कुनै समस्या परेमा अथवा थप जानकारी र सहयोगका चाहिएमा मलेसियामा रहेको नेपाली दूतावासमा ६०३२०२०१८९९ र ६०२०२०१८९८ मा सम्पर्क गर्नुहोस् ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

1 Comments

  • Bhola Yadav

    April 23, 2020, 12:16 p.m.

    मलेसियामा क्वारेन्टाइनको अवधी अप्रिल २८ सम्म र त्यसपछि पनि बढाउने र नेपालीलाई चाहिं नेपाल पठाउने हल्ला छ , के यो सत्य हो ??

  •  0 Reply

तपाईको प्रतिक्रिया