एचएको छात्रवृत्ति परीक्षाको प्रश्नपत्र परीक्षा सुरु नहुँदै अाउट

 साउन १२, २०७५ शनिबार ९:१४:३१ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – सीटीईभीटीद्वारा आज देशैभर भइरहेको वर्गीकृत छात्रवृत्ति अन्तर्गतको एच.ए.को प्रश्नपत्र जनकपुरमा परीक्षा सुरु नहुँदै आउट भएको छ । 

जनकपुरको संकटमोचन उच्चमाविमा बिहान ७ बजेदेखि सुरु भएको परीक्षाको प्रश्नपत्र परीक्षा सुरु नहुँदै बाहिरिएको हो । बिहान सवा ९ बजेसम्म चल्ने परीक्षाको पश्नपत्र आउट भएपछि व्यापक चोरी भएको छ ।

चार वर्षपछि जनकपुरमा वर्गीकृत छात्रवृतिको परीक्षा भइरहेको छ । जनकपुरका केही कोचिङ सेन्टरहरुले पैसाको चलखेल गरी आफ्ना विद्यार्थी पास गराउन प्रश्नपत्र आउट गरेका हुन् । समाजिक ससञ्जालमार्फत प्रशनपत्र आउट भएको हो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया