स्वास्थ्य क्षेत्रका कुनै पनि कर्मचारीलाई बिदा नमिल्ने : सबैले उपचारमा खटिनुपर्ने

 चैत २०, २०७६ बिहिबार १७:२८:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - स्वास्थ्य क्षेत्रका कुनै पनि कर्मचारीलाई बिदा नदिइ काममा खटाउन र खट्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ । 

कोरोना भाइरसको विश्वव्यापी महामारीका बेला स्वास्थ्य क्षेत्रका कुनै पनि कर्मचारीलाई बिदा नमिल्ने मन्त्रालयले स्पष्ट पारेको छ ।

आज एक प्रस विज्ञप्ति निकालेर मन्त्रालयले देशभर स्वास्थ्य सेवा दिन कुनै पनि कर्मचारीलाई बिदा र काजमा नछोडी नियमित रुपमा उपस्थित हुने व्यवस्था मिलाउन निर्देशन दिएको हो । 

यस अघि स्वास्थ्य सेवा विभागले गएको १५ गते दीर्घ रोगी, गर्भवती र सुत्केरीलाई कोभिड-१९ को बिरामीको प्रत्यक्ष उपचारमा नखटाउने निर्णय गरेको थियो । 

तर यो विभागको जे जस्तो निर्णय भए पनि अबदेखि कुनै पनि कर्मचारीलाई बिदा नदिन मन्त्रालयले विज्ञप्तिमा स्पष्ट पारेको छ । 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया