दुई लाखभन्दा धेरै कोरोना सङ्क्रमित निको भए

 चैत २०, २०७६ बिहिबार २०:४६:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - विश्वमा दुई लाखभन्दा धेरै कोरोना सङ्क्रमित निको भए छन् ।

झण्डै १० लाख सङ्क्रमितमध्ये दुई लाख ३ हजार १ सय ५५जना निको भएका हुन् । सबैभन्दा धेरै चीनमा ७६ हजार ४ सय ८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । 

यस्तै, स्पेनमा २६ हजार ७ सय ४३, जर्मनीमा १९ हजार १ सय ७५ र इटलीमा १६ हजार ८ सय ४७ जना निको भएका छन्  । इरानमा १७ हजार ७ सय ११ र अमेरिकामा ८ हजार ८ सय ७८ जना निको भएका छन् ।

 कोरोनाबाट विश्वमा ४९ हजार १ सय ६० जनाको ज्यान गएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया