एनआईसी एसिया : अनलाइन खाता खोलेर पहिलो मोबाइल बैंकिङ कारोबार गर्दा ५ सय फिर्ता

 चैत २२, २०७६ शनिबार १४:२:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - एनआईसी एसिया बैंकले अनलाइन खाता खोलेर पहिलो मोबाइल बैंकिङ कारोबार गर्दा  ५०० रुपैयाँसम्म रकम फिर्ता दिने भएको छ ।

बैंकको आधिकारिक वेबसाइटमा गएर १० मिनेटभित्रै सजिलै निःशुल्क अनलाईन खाता खोल्न सकिने बैंकले जनाएको छ  । खाता खोलिसकेपछि ग्राहकले पाएको खाता नम्बरको आधारमा बैंकमा रहेको रकम स्थानान्तरण तथा अन्तर बैंक रकम स्थानान्तरण लगायतका कार्य गर्न सक्नेछन । 

अनलाइन खोलिएको खातामा बैंकले २१ लाख रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध गराएको छ  । जसले गर्दा ग्राहकहरुलाई वार्षिक  १४ हजार रुपैयाँ फाइदा हुनेछ । अनलाइन खाताकै आधारमा घरबाटै मोबाइल बैंकिङ सुरु गरी खाताको रकम मौज्दात जाँच गर्न सकिने सुविधा रहेको छ । 

मोबाइल बैंकिङ एक्टिभेट गरी मोबाइल बैंकिङमार्फत पहिलो कारोबार गर्ने ग्राहकले ५०० रुपैयाँसम्म  फिर्ता पाउन सक्ने बैंक ले जनाएको छ।

यसबाहेक देशभरका २५०० भन्दा धेरै पसल, रेष्टुरेण्ट, सपिङ मल, अस्पताल तथा होटलहरुमा  मोबाइल बैंकिङ्ग तथा डेबिट वा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा ३० प्रतिशतसम्मको छुट सुविधा उपलब्ध छ । 

यसको अतिरिक्त ग्राहकहरुले मोबाइल बैंकिङ तथा कार्डबाट भुक्तानी गर्दा मासिक ४००० रुपैयाँसम्मको रकम फिर्ता पाउन सक्नेछन।

साथै बैंकले मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ लगायत विद्युतीय बैंकिङ्ग माध्यमबाट अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, लगायतका भुक्तानीहरू निःशुल्क गरेको छ  ।


 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया