रोटरीले कोरोना रोकथामका लागि सरकारी कोषमा एक करोड रुपैयाँ दिने

 चैत २२, २०७६ शनिबार १७:३२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – रोटरी इन्टरनेशनल नेपालले कोरोना रोकथामका लागि सरकारकालाई एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

काेराेना राेकथामकाे लागि सहयाेग गर्न लागेकाे रोटरी इण्टरनेशनल डिस्ट्रिक ३२९२ का डिस्ट्रिक गभर्नर किरणलाल श्रेष्ठले जानकारी दिनुभयो । यो रकम सम्पूर्ण रोटरियनहरुका तर्फबाट उपलब्ध गराउन लागिएको उहाँले जानकारी दिनुभयाे । 

यस बाहेक पनि रोटरियनहरुले देशभरि रहेका एक सय २४ वटा रोटरी क्लबमार्फत मास्क (मुखावरण), खाद्यान्न, औषधि लगायत स्वास्थ्य उपकरण उपलब्ध गराउनुका साथै ठाउँठाउँमा हात धुने ठाउँ, कोरोना सूचना केन्द्र तथा आइसोलेशन निर्माणमा सघाइरहेको पनि गभर्नर श्रेष्ठले जानकारी दिनुभयाे ।

पालिकाहरुसँग मिलेर थप सहयोग पनि उपलब्ध गराइने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

1 Comments

  • Bishnu Hari Timilsina

    April 4, 2020, 10:04 p.m.

    Good job it's proud to be a Rotarian.

  •  0 Reply

तपाईको प्रतिक्रिया