भारतमा मुस्लिम समुदायको 'तबलीगी जमात'मा सहभागी भएर फर्किँदै गरेका ९ जना क्वरेण्टीनमा

 चैत २२, २०७६ शनिबार १७:७:५ | उज्यालो सहकर्मी
unn.prixa.net

बारा – भारतमा भएको मुस्लिम समुदायको तब्लीगी जमातमा सहभागी भएर फर्किँदै गरेका ९ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरी क्वरेण्टीनमा पठाएको छ । 

भारतको आदापुर नजिकैको घोडासाहन नाकाबाट खेतको आली हुँदै लुकेर आउँदै गरेका सप्तरीका नौ जनालाई पक्राउ गरी कलैया अस्पतालको क्वरेण्टीनमा प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले बताउनुभयो । सप्तरीको महादेवाका दुई जना, कञ्चनस्वरुपका तीन जना र कृष्ण सरोवरका चार जना गरी ९ जनालाई नियन्त्रणमा लिएर क्वरेण्टीनमा राखिएको प्रहरीले जनाएको छ । 

उनीहरू गएको ४० दिनदेखि भारतको विभिन्न ठाउँमा भएको धार्मिक सभामा सहभागी भएर लकडाउनको समयमा लुकेर नेपाल फर्किंदै थिए ।

यससँगै बारामा ७३ जनालाई क्वरेण्टीनमा राखिएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया