बैतडीमा मानवबस्तीमा पसेर आतङ्क मच्चाउने चितुवालाई निकुञ्जमा छाडिने

 चैत २२, २०७६ शनिबार १९:४०:९ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – बैतडीको तल्लोसोराडकाको मानवबस्तीमा पसेर आतङ्क मच्चाइरहेको चितुवालाई चितवन राष्ट्रिय निकुञ्जमा छाडिने भएको छ ।

बिहीबार राति विज्ञ टोलीले बैतडीकाे मैलौली नगरपालिका ९ असुरमामा निर्माण गरेको काठको खोरमा फसेको चितुवालाई निकुञ्जमा छाड्ने भएका हुन् । 

गएको चैत १ गते राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ वन्यजन्तु प्राविधिकद्वय विष्णुबहादुर लामा र रमेश दराईले चितुवालाई नियन्त्रणमा लिन खोर राख्नुभएको थियो । 

शनिबार राष्ट्रिय प्राकृतिक संरक्षण कोषको टोलीले निकुञ्जमा छोड्न चितुवालाई बेहोस बनाएर लगेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख केशव पराजुलीले जानकारी दिनुभयो । 

विसं २०६८ साल यता बैतडीको तल्लोसोराड क्षेत्रमा चितुवाले २५ जनाको ज्यान लिइसकेको छ भने दर्जनौँ घाइते भएका छन् । 

अन्तिम अपडेट: चैत ३०, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया