यूएईको दुबई सहर दुई हप्ताका लागि लकडाउन, सबैलाई घरभित्रै बस्न आग्रह

 चैत २३, २०७६ आइतबार ११:३५:३८ | उज्यालो सहकर्मी

यूएई – यूएईको दुबई सहर दुई हप्ताका लागि लकडाउन भएको छ । दुबईको संकट तथा प्रकोप व्यवस्थापन सम्बन्धी उच्चस्तरीय समितिले शनिबार रातिदेखि दुई हप्ताका लागि व्यापार–व्यवसाय, आवातजावत, कलकारखाना, यातायात सबै प्रतिबन्ध लगाएको गल्फ न्युजले उल्लेख गरेको छ ।

कोरोना सङ्क्रमण रोकथामका लागि सञ्चालन भएको राष्ट्रिय अभियानलाई थप विस्तार गर्दै अब २४ सै घण्टा सरसफाई एवं किटनाशक अभियान सञ्चालन गरिनेछ । सबै ठाउँमा औषधि छर्कने भएकाले यो समयमा सबैलाई घरभित्रै बस्न आग्रह गरिएको छ । कोही पनि व्यक्ति अत्यावश्यक बाहेक बाहिर निस्कन पाउनेछैनन् ।

स्वास्थ संस्था, औषधि पसल, खाद्य सामाग्री आपूर्ति केन्द्रहरु, औषधि कारखाना लगायत अत्यावश्यक क्षेत्र भने खुला नै रहनेछन् ।

खानेकुरा किन्न पनि परिवारबाट एकजना मात्रै बाहिर निस्कन पाइनेछ । सबैलाई मास्क लगाएर सामाजिक दूरी कायम राख्न आग्रह गरिएको छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया