दुम्सीलाई थापेको पासोमा चितुवा !

 साउन १२, २०७५ शनिबार १४:३१:५४ | उज्यालो सहकर्मी

बैतडी – दुम्सीलाई थापेको पासोमा चितुवा परेको छ ।

जिल्लाको मेलौली नगरपालिका–३, लेकमा दुम्सीले मकै नष्ट गर्न थालेपछि स्थानीयले थापेको पासोमा चितुवा परेको इलाका प्रहरी कार्यालय मेलौलीले जनाएको छ । अहिले इलाका प्रहरी कार्यालय मेलौलीको टोली त्यहाँ गएको प्रहरी असई रेवन्त पन्तले बताउनुभयो । चितुवाको खुट्टा मात्रै पासोमा परेकाले चितुवा जिउँदै रहेको स्थानीय इश्वर क्षेत्रीले बताउनुभयो ।

चितुवा उद्धारको लागि जिल्ला वन कार्यालयको टोली घटनास्थलतर्फ पुगेको जिल्ला वन अधिकृत प्रभात सापकोटाले बताउनुभयो । मेलौली चितुवा प्रभावित क्षेत्र हो ।
यसअघि मेलौली नगरपालिका, पञ्चेश्वर गाउँपालिका तथा शिवनाथ गाउँपालिकाका २३ जनाको चितुवाकै आक्रमणबाट ज्यान गैसकेका छ भने धेरैलाई चितुवाले घाइते बनाएको छ ।
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया