कोरोना भाइरसबाट ज्यान गुमाउनेको सख्या ७० हजार नाघ्यो

 चैत २४, २०७६ सोमबार १८:२४:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विश्वमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ७० हजार नाघेको छ । 

२ सय ८ देशमा फैलिएको कोरोनाबाट अहिलेसम्म ७० हजार एक सय ८२ जनाको ज्यान गएको छ । यस्तै १२ लाख  ८२ हजार ३ सय ६९ जना सङ्क्रमित भएका छन् । भने अहिलेसम्म २ लाख ६९ हजार ४ सय ९४ जना उपचार पछि निको भएका छन् ।

कोरोनाका कारण सबैभन्दा धेरै इटलीमा १५ हजार ८ सय ८७ जनाको ज्यान गएको छ । यस्तै, स्पेनमा १३ हजार ५५ जनाको ज्यान गएको छ । अमेरिकामा ९ हजार ६ सय २० जनाको ज्यान गएको छ । कोरोनाको उद्गमस्थल चीनमा भने ३ हजार ३ सय ३१ जनाको ज्यान गएको छ । 

कोरोनाका कारण अमेरिकामा सबेभन्दा धेरै ३ लाख ३६ हजार ८ सय ५१ जना सङ्क्रमित भएका छन् ।


 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया