सरकार स्वेच्छाचारी ढंगले अगाडि बढ्यो : देउवा

 साउन १२, २०७५ शनिबार १५:३६:५९ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले सरकार स्वेच्छाचारी ढंगले अघि बढेको आरोप लगाउनु भएको छ ।

पूर्ववर्ति सरकारले गरेका विभिन्न निर्णयहरु उल्टाउदै सरकार स्वेच्छाचारी ढंगले मनपरी रुपमा चलेको सभापति देउवाले आरोप लगाउनु भएको हो  । नवलपरासीको गैडाकोटमा नेपाल डेमोक्य्राट लयर्स एशोसिएशनको १० औं राष्ट्रिय महाधिवेशनको उद्धघाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो आरोप लगाउनु भएको हो ।

सभापति देउवाले पुराना निर्णयहरु उल्टाउदै ,सरकारले विभिन्न निकायहरुमा हमला गरी आफ्नो अधिनायकवाद लाद्न खोजेको समेत आरोप लगाउनु  भएको छ । सरकारको यस्तै कार्यका कारण आन्दोलनमा जानु परेको बताउँदै देउवाले सरकार अझै  स्वेच्छाचारी ढंगले अघि बढे कडा आन्दोलन गर्ने चेतावनी समेत दिनुभएको छ ।

यस्तै उद्घाटन कार्यक्रममा बोल्दै सभापति देउवाले कम्युनिष्ट दुई पार्टी एक भएर चुनावमा गएको तर कांगे्रस एक पार्टी दुई भएर चुनावमा जाँदा पराजय भोग्नु परेको बताउनु भएको छ । उहाँले पार्टीमा गुट उपगुट हाबी भएकाले यस्तो परीणम आएको बताउनु भएको छ ।  गुट उपगुटको कारण पार्टी गम्भीर मोडमा पुगेको समेत उहाँले बताउनु भएको छ ।

कार्यक्रममा बोल्दै कांग्रेस नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरुसँग लड्न पहिला कांग्रेस आफू सुदृढ बन्नुपर्नेमा जोड दिनु भएको छ । ‘आफ्नो घर बलियो नभए छिमेकीसँग लड्न सकिँदैन’, पौडेलले भन्नुभयो, ‘यसका लागि कांगे्रस सुदृढ हुन आवश्यक छ ।’ उहाँले पार्टीलाई निश्पक्ष र स्वच्छ मुल्याङ्कनका आधारमा एकीकरण गर्न आवश्यक रहेकोमा समेत जोड दिनुभएको छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया