काेभिड १९ : विश्वभर १३ लाखभन्दा धेरै सङ्क्रमित

 चैत २५, २०७६ मंगलबार ७:१०:५३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (काभिड १९) का कारण  १३ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् ।

विश्वका दुई सय ९ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको कोरोनाका कारण १३ लाख ४४ हजार आठ सय ५९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमितमध्ये दुई लाख ७८ हजार तीन सय ३० जना उपचारपछि निको भएका छन् । ९ लाख ९१ हजार आठ सय ९४ जनाको उपचार भइरहेकाे छ । ७४ हजार ६ सय ३५ जनाको ज्यान गएको छ ।

गएको २४ घण्टामा अमेरिकामा मात्रै एक हजारभन्दा धेरैको ज्यान गएको छ । याेसँगै अमेरिकामा भाइरसकाे सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजारभन्दा धेरै भएको छ । साढे तीन लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै इटलीमा साढे १६ हजारभन्दा धेरै, स्पेनमा १३ हजारभन्दा धेरै, फ्रान्समा झण्डै ९ हजार जनाको ज्यान गइसकेको छ । गएको २४ घण्टामा विश्वका विभिन्न देशमा पाँच हजार दुई सय ९ जनाको ज्यान गएको छ भने ७१ हजार ९ सय ५८ जना नयाँ सङ्क्रमित थपिएका छन् । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया