प्रदेश २ मा मंगलबारसम्म ११९ जनाको नमूना परीक्षण : १०३ जनाको रिपोर्ट आयो, सबै नेगेटिभ

 चैत २५, २०७६ मंगलबार २०:३१:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा - प्रदेश २ मा मंगललबारसम्म कोरोना भाइस सङ्क्रमणको आशङ्कामा ११९ जनाको स्वाब परीक्षण गरिएकोमा १०३ को जाँचको नतिजा आएको छ । 

प्रदेश समाजिक विकास मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेका अनुसार १०३ जनाकै नतिजा नेगेटिभ आएको र १६ जनाको नतिजा आउन बाँकी रहेको जानकारी दिनुभयो 

उहाँले परिणामलाई तीव्रता दिन क्षमता विस्तारका लागि प्रयास भइरहेको पनि बताउनुभयो ।

सचिव घिमिरेले आशङ्का गरिएकाको स्वाबको नमुना सङ्कलनको गति र क्षमता बढाउन  सरकारले गृहकार्य गरिरहेको बताउंदै यसमा सङ्घीय सरकारबाट सहयोग आश्वासन प्राप्त  भएको  दिनुभयो । 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया