इन्भेस्टमेन्ट बैंकले भन्यो : हामीले फोन गरेका छैनौँ, पासवर्ड कसैलाई नदिनुहोला

 चैत २७, २०७६ बिहिबार ८:३१:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल इन्भेस्टमेन्ट बैंकले बैंकिङ कारोबारसँग सम्बन्धित कुनै पनि जानकारी कसैलाई नदिन आग्रह गरेको छ ।

लकडाउनको समयमा साइबर सुरक्षामा आक्रमण भइरहेकाे भन्दै बैंकले सचेत रहन ग्राहकलाई अनुरोध गरेको छ । बैंकको कर्मचारी बताउँदै ग्राहकलाई फोन गरेर एटीएम पासवर्ड, मोबाइल बैंकिङ पासवर्ड, पिन नम्बर लगायतका गोप्य विवरण माग्ने काम भइरहेको भन्दै बैंकका कसैले पनि त्यसरी पासवर्ड नमागेको उसले स्पष्ट पारेको छ ।

ग्राहकको गोप्य विवरण बैंककै कर्मचारीले समेत फोन गरेर माग्न नमिल्ने भएकाले यस्ता कल ठगले गरेको हुन सक्ने भएकाले निकै सचेत रहन बैंकले आग्रह गरेको हो । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया