डुमको घरमा झाडु लगाउँदै मुख्यमन्त्री राउतले गरे स्वच्छता अभियानको आरम्भ

 साउन १२, २०७५ शनिबार १८:४०:६ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – मुख्यमन्त्री लालबाबु राउतले डुमको घरमा हाते कलको शिलान्यास र झाडु लगाउँदै खानेपानी तथा स्वच्छता अभियानको आरम्भ गर्नुभएको छ ।

मुख्यमन्त्री राउतले धनुषाको लक्ष्मिनियाँ गाउँपालिका–३, बनिगामा स्थानीय कुसे मल्लिक डुमको घरमा खानेपानीका लागि हातेकलको शिलान्यास र झाडु लगाउनु भएको हो । परड्याप्स संस्थाको तत्परतामा वडा नम्बर ३ मा संचालित खानेपानी योजनाको शिलान्यास गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकार विकासका साथसाथै समाजिक रुपान्तरणलाई मुख्य आधार बनाएर अगाडि बढी रहेको बताउनुभयो ।

स्वच्छता र शिक्षा विकासको मुल आधार रहेको बताउँदै मुख्यमन्त्री राउतले यसमा लाग्न सर्वसाधारणसँग आग्रह समेत गर्नुभयो । उहाँले आगामी चुनावबाट बन्ने प्रदेश सरकामा ५० प्रतिशत महिलाको सहभागित हुने बताउनुभयो । त्यस्तै निजामति कर्मचारीतर्फ पनि महिला सहभागिताको संख्या बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री राउतको भनाई छ ।  

वडा नम्बर ३ मा मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत सञ्चालित आयोजन अन्तर्गत १ करोड ८ लाख ४४ हजार बजेटमा १ सय ४२ वटा हातेकल गाडिने छ । त्यस समारोहमा प्रदेश नम्बर २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, फोरमका नेता शेषनारायण यादवलगायतको उपस्थिति रहेको थियो । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया