लकडाउन उल्लंघन गरी चैतली मेला आयोजना गर्ने जनप्रतिनिधिसहित नौ जनलाई कारबाही

 चैत २७, २०७६ बिहिबार २१:१:३ | उज्यालो सहकर्मी
unn.prixa.net

बझाङ – बझाङको प्रसिद्ध छबिसपाथिभेरा गाउँपालिकामा लाग्ने बान्निकी चैतली मेला सञ्चालन गरेको आरोपमा ९ जनालाई कारबाही गरिएको छ । कारबाहीमा पर्नेमा जनप्रतिनिधि, पुजारी र मन्दिर संरक्षण समितिका पदाधिकारी रहेका छन् । 

सङ्क्रामक रोग नियन्त्रण तथा रोगथाम ऐन २०२० अनुसार ९ जनालाई नै कारबाहीमा गरिएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताउनुभयो । गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष विकास ऐडी, वडा नम्बर ३ का वडाध्यक्ष केशबराज जोशी र वडा नम्बर ४ का वडाध्यक्ष अम्मरराज थापालाई एक महिना कैद र जरिबाना गरिएको छ । 

उनीहरुले प्रति दिन ३०० का दरले एक महिना बराबरको ९ हजार र थप  एक सय रुपैयाँ जरिबाना तिरेर छुटेका छन् । 

यस्तै वडा नम्बर ५ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता लोकेन्द्रबहादुर ठगुन्ना र मन्दिर संरक्षण समितिका सचिव राजेन्द्रबहादुर शाहीलाई ७ दिन बराबरको कैद  गरिने भएको छ । उनीहरुलाई एक सय रुपैयाँ जरिवाना तिराइएको छ ।

बान्नि मष्टा मन्दिरका पुजारी निर्पप्रसाद जोशी र उनका दुईजना सहयोगी फुलपाते पण्डित डम्बरबहादुर धामी, पुजारी जयकृष्ण जोशी र स्थानीय रजबार ईन्द्रबहादुर सिंहलाई एक सय जरिबाना तिराएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया