बर्दियामा ८३ ठाउँमा सशस्त्र प्रहरी परिचालन, प्रत्येक किलोमिटरको दूरीमा चेकपोष्ट

 चैत २७, २०७६ बिहिबार २१:५१:५० | उज्यालो सहकर्मी
unn.prixa.net

बर्दिया – भारतको उत्तरप्रदेशमा कोरोनाको सङ्क्रमण बढदै गएपछि बर्दियाको सीमा नाकामा सर्तकता बढाइएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी सीमा पूर्णरुपले बन्द गरिएको छ । 

सीमा क्षेत्रमा पर्ने बर्दियाको ८७ वटा ठाउँमा सशस्त्र प्रहरीको सुरक्षा चेक पोष्ट खडा गरिएको छ । सीमा क्षेत्रमा झण्डै ८ सय सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी उपरीक्षक यादव विकले जानकारी दिनुभयो । 

यस क्षेत्रमा झण्डै एक-एक किलोमिटरको दूरीमा सुरक्षा चेकपोष्ट खडा गरिएको छ । लुकीछिपी आवतजावत गर्ने स्थान पहिचान गरेर सुरक्षा चेकपोष्ट खडा गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

 बर्दियामा भएको सुरक्षा बल अपुग भएपछि बाहिर जिल्लाबाट थप बल १५० जना मगाइ सुरक्षा चुस्त पारिएको सशस्त्र प्रहरीका एसपी यादव बिकले बताउनुभयो । 

बर्दियाको पूर्वी सीमा मानखोलादेखि पश्चिम राजापुरसम्म सीमा पुर्ण रुपमा गरिएको छ । सीमावर्ती बलैगाउँ, मूर्तिहा, बिछिया, तिकुनियाँ लगायतका भारतीय बजारमा नेपालीको आवतजावत बढी हुने गर्छ ।

खुला सीमा नाकाले गर्दा जोखिम बढ्नसक्ने भन्दै विभिन्न क्षेत्रमा निगरानी बढाइएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रजिअ प्रेमलाल लामिछानेले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया