प्रदेश ५ मा आजदेखि 'आरडीटी'बाट काेराेना परीक्षण हुँदै

 चैत २८, २०७६ शुक्रबार ८:५०:५६ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – प्रदेश ५ मा शुक्रबार (आज) देखि र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) बाट कोरोना परीक्षण हुने भएकाे छ । प्रदेश ५ का १२ जिल्लामा रहेका क्वरेण्टीनमा बसेकाहरुको आजदेखि आरडीटीबाट कोरोना परीक्षण हुने भएकाे  हाे । 

सामाजिक विकास मन्त्रालयका अनुसार दुई हप्तादेखि क्वरेण्टीनमा बसेकोहरुको आरडीटीबाट कोरोना परीक्षण गर्न लागिएको हाे । परीक्षणकाे रिर्पोट 'नेगेटिभ' आए घर पठाइने छ भने 'पोजेटिभ' आए स्वाब परीक्षणका लागि नमुना सङ्कलन गरिने सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताउनुभयो ।

सङ्घीय सरकारले पठाएको पाँच हजार किट प्रदेश ५ आइपुगेको छ । परीक्षणका लागि दुई-दुई जिल्ला हेर्ने गरी ६ वटा स्वास्थ्यकर्मीहरुको टोली खटाइएको छ । प्रदेश पाँचमा रहेका तीन सय आठ क्वरेण्टीनमा कोरोनाको आशङ्कामा दुई हजार पाँच सय ७२ जना रहेका छन् ।

प्रदेशभित्र एक सय ८८ जनाको स्वाब परीक्षण गरिएकोमा एक सय ३२ जनाको रिर्पोट नेगेटिभ आएको छ भने ५६ जनाको रिर्पोट आउन बाँकी छ । कोरोनाको आशङ्का गरिएका एक सय ८२ मध्ये २६ जनाको आइसोलेशनमा राखेर उपचार भइरहेको स्वास्थ्य महाशाखाले बताएको छ ।

मुख्यमन्त्री शङ्कर पोखरेलले सङ्क्रमणको जोखिम घटाउनका लागि र्पापिड टेस्ट किटमार्फत परीक्षण गर्न लागिएको भन्दै जिल्ला स्वास्थ्य कार्यालयमा सबै विवरण दिन सरोकारवालाहरुसँग आग्रह गर्नुभएको छ ।

यसैबीच रुपन्देहीको शङ्कर नगरमा रहेको क्वरेण्टीनमा रहेका १० जनाको बिहीबार आरडीटी किटमार्फत परीक्षण गरिएको छ । परीक्षण गरिएका सबैको रिर्पोट नेगेटिभ आएको नगरपालिकाका प्रेस सल्लाहकार बिपि गौतमले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत ११, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

2 Comments

  • दुर्गा अर्याल

    April 11, 2020, 8:12 p.m.

    (१)ठाउँ-ठाँँउ शहरीक्षेत्रभित्रकाेसार्वजनिक बाटाेमा छाडा र पाल्तु कुकुरले समेत दिशा गरे गराईएकाे पाईन्छ। (२) बङ्गुर , हाँस, र कुखुराहरू पनि शहरी क्षेत्रभित्रकाे घना बस्तीमा पालिएकाे देखिन्छ । - यदि यस्ताे पर्वृृति जुन सुकै तवरबाट सम्बन्धित पक्ष्लेे समयमै नियन्त्रण तर्फ ध्यान नपुर्याउने हाे भने यस्काे दूषित पर्दूषणबाट शुरू हुन गईरहेकाे गर्मी र बर्षायाममा भयावह राेगहरू पर्कट नहाेलान् भन्न सकिँदैन ।त्यसैले बुटवल एफएमबाट पनि जन्सचेतना कार्यकरम बनाई सम्बन्धित नगर पर्मुख ज्यु (बुटवल,तिलाेत्तमा)लगायत वडा जन पर्तिनिधि ज्यू हरूलाई यस्मा कदम चाल्नेतर्फ पहल गरि दिनु हुन समेत बुटवल एफएमका संचालक ज्यू मा अनुराेध छ ।- धन्यबाद ! जनहितका लागि ।

  •  0 Reply
  • Bindhyachal yadav

    April 10, 2020, 4:44 p.m.

    Good move... It is absolutely necessary...

  •  0 Reply

तपाईको प्रतिक्रिया