कोभिड-१९ : आईपीएल नहुने सम्भावना बढ्यो

 चैत २८, २०७६ शुक्रबार १७:१४:४ | उज्यालो सहकर्मी
unn.prixa.net

कोरोना भाइरसका कारण इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएल नहुने सम्भावना बढ्दै गएको छ ।

मार्च २९ देखि सुरु हुनुपर्ने प्रतियोगिता पहिलो चरणमा १५ अप्रिलसम्म स्थगित भएको थियो । तर भारतमा पनि लकडाउन जारी रहेकाले यो प्रतियोगिता १५ अप्रिलमा पनि सुरु हुने सम्भावना निकै कम हुँदै गएको छ ।

भारतले १४ अप्रिलसम्म देशमा लकडाउन गरेको छ । त्यसपछि पनि भारतमा लकडाउन बढाउने तयारी गरिएका खबरहरु पनि सार्वजनिक भएका छन् । आईपीएलका पूर्व अध्यक्ष राजीव शुक्लाले प्रतियोगिता शुरुहुनेमा आशंका व्यक्त गरेका छन् ।

उनले भने, ‘अहिलेको अवस्थामा प्रतियोगिता हुनेमा शंका नै छ, अहिले प्रतियोगिता भन्दा पनि कोरोना भाइरसविरुद्धको लडाई प्राथमिकतामा पर्छ ।’

यदि भइहाल्यो भने पनि विदेशी खेलाडीहरुको भिसाका कारण पनि उनीहरुको सहभागितामा अप्ठेरो पर्ने छ । भारत सरकारले विदेशी नागरिकलाई भारत प्रवेशका लागि दिँने भिसा अझै केही समय रोक्ने तयारी गरेको खबर पनि सार्वजनिक भएको छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया