इण्डोनेसियामा भूकम्प : १० जनाको मृत्यु, कयौँ भवनमा क्षति

 साउन १३, २०७५ आइतवार ९:५१:२ | एजेन्सी
unn.prixa.net

इण्डोनेशियामा भूकम्पमा परी १० जनाको ज्यान गएको छ ।  लोकप्रिय पर्यटकीय क्षेत्र लोमबोकमा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इन्डोनेसियाको मटरम शहरबाट करिब ५० किलोमिटर उत्तरपूर्वमा रहेको लोम्बोक टापुमा स्थानीय समय अनुसार बिहान ६ बजेर ४७ मिनेटमा भूकम्प गएको थियो । 

भूकम्पका कारण कयौँ भवनमा समेत क्षति पुगेको त्यहाँका अधिकारीले बताएका छन् । उनीहरुले केयौँ भवनमा क्षति पुगेको तर यकिन जानकारी आइनसकेको बताएका छन् । 

सन् २०१६ को डिसेम्बरमा गएको भूकम्पमा परी इण्डोनेसियामा १ सय जनाको ज्यान गएको थियो । 

अन्तिम अपडेट: भदौ १५, २०७५

तपाईको प्रतिक्रिया