कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
उदयपुर – कोरोना भाइरस (कोभिड १९) काे आशङ्का गरिएका ११ महिलासहित सय जनाकाे परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । विभिन्न क्वरेण्टीनमा रहेका एक सय ३५ जनामध्ये सय जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।
रिपोर्टमा र्यापिड डायग्नाेस्टिक टेस्ट (आरडीटी) किट मार्फत ५७ जना र पीसीआर (स्वाब नमुना सङ्कलन) विधिद्वारा ४३ जनामा कोरोना नेगेटिभ देखिएको छ । जसमा आरडीटीमार्फत चार महिला र पीसीआरमार्फत सात जना महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
जाँच गरिएकामध्ये त्रियुगा नगरपालिकाका ४१ जना, चौदण्डीगढी नगरपालिकाका ११ जना, रौतामाई गाउँपालिकाका आठ जना, कटारी नगरपालिकाका २६ जना, बेलका नगरपालिकाका १० जना र लिम्चुङबुङ गाउँपालिकाका चार जनाकाे काेरोना रिपोर्ट नेगेटिभ आएको छ ।
पीसीआर विधिद्वारा ३५ जनामध्ये त्रियुगा नगरपालिकाबाट १२ जना भारतीय नागरिकसहित २५ जना, चौदण्डीगढी नगरपालिकाबाट दुई जना, रौतामाई गाउँपालिकाबाट पाँच जना र बेलका नगरपालिकाबाट तीन जनाको रिपोर्ट आउन बाँकी रहेकाे जनस्वास्थ्य अधिकृत सुवेदीले जानकारी दिनुभयाे । यस्तै पीसीआर र आरडीटी विधिबाट ३४ जनाको जाँच गरिएकोमा १० जनाको रिपोर्ट नेगेटिभ देखिएको छ ।
आरडीटी प्रविधि नै निर्णायक नभएकाे बताइए पनि नेपाल सरकारले यस प्रविधिमार्फत प्रारम्भिक कोरोना परीक्षण गरिरहेको छ ।
उदयपुरमा अहिले विभिन्न क्वरेण्टीनमा ८० जना छन्, त्यस्तै ३० जना घर फर्किएका छन् । उदयपुरको त्रियुगा नगरपालिका ६ लालपत्तामा थप २५ बेडको क्वरेण्टीन निर्माण गरिएसँगै चार सय पाँच क्वरेण्टीन बेड पुगेको छ ।
बिकाश बन्जारा
April 17, 2020, 12:45 p.m.खबर सुनेर खुसी लाग्यो ।
Dhanraj shahi
April 17, 2020, 10:17 a.m.हेलाे सरकार । यदि RDT (रापिड डायाेनिस्टिक टेस्ट ) भरपर्दाे प्रबिध हाेईन भने किन कराेडाै खर्च र स्वस्थ्यकर्मिलाई अनाबश्यक दुख भयन र ?