बालिकाको बलात्कारपछि हत्या भएको घटनाबारे जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ

 साउन १३, २०७५ आइतबार १२:५५:१५ | उज्यालो सहकर्मी

काठमाडौं - प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले कञ्चनपुरमा एक बालिकाको बलात्कारपछि हत्या भएको विषयमा सदनलाई यथार्थ जानकारी गराउन सरकारलाई रुलिङ गर्नुभएको छ । 

प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य र विशेष समयमा बोल्ने धेरै सांसदहरुले कञ्चनपुर घटनालाई लिएर  सरकारको चर्को आलोचना गरेका थिए । महिला हिंसामा शून्य सहनशिलताको कुरा गर्ने, घटनाको तत्काल सम्बोधन गरी सरकारको उपस्थिति जनाउने बताउदै आएको सरकारले घटनाको ४ दिनसम्म पनि दोषीलाई नियन्त्रणमा लिन नसकेको भन्दै सांसदहरुले आक्रोश पोखेका थिए ।

शून्य र विशेष समयमा सांसदहरुले यही विषयमा कुरा उठाएपछि सभामुख महराले यस घटनाबारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गर्नुभएको हो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया