टोटनह्याममाथि बार्सिलोनाको जित

 साउन १३, २०७५ आइतबार १२:५६:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रि–सिजनको इन्टरनेशनल च्याम्पियन्स कपमा स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस क्लब टोटनह्यामलाई हराएको छ ।

निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि भएको पेनाल्टीमा बार्सिलोना ५–३ ले विजयी भयो । क्यालिफोनिर्याको रोज बल स्टेडियममा भएको खेलमा बार्सिलोनाले दुई गोलको अग्रता जोगाउन सकेन । १५औ  मिनेटमा मुनिरले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

२९औं मिनेटमा अर्थरले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा २–० को अग्रता लियो । दुबै गोल गर्नका लागि राफिन्हाले एसिस्ट गरेका थिए ।

७३औं मिनेटमा सन ह्योङ–मिनले गोल गर्दै टोटनह्यामलाई खेलमा फर्काए । त्यसको दुई मिनेटमा नै जर्ज एनकोउडुले गोल गरेपछि खेल बराबरीमा पुग्यो । त्यसपछि भएको पेनाल्टीमा बार्सिलोना ५–३ ले विजयी भयो ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया