उदयपुरमा कोरोना सङ्क्रमित १२ जनाको आरडीटीमा कोरोना देखिएको थिएन

 बैशाख ६, २०७७ शनिबार ६:१८:३५ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर - उदयपुरमा कोभिड-१९ को सङ्क्रमण देखिएका १२ जनाको र्‍यापिड डाइग्नोष्टिक टेष्ट आरडीटीमा कोरोना नभएको रिपोर्ट आएको पाइएको छ ।

त्रियुगा नगरपालिका वडा नं ३ भुल्केमा रहेको मस्जिदमा एक महिना अघि आइपुगेका १२ जना भारतीय र चारजना विराटनगरका सहित १६ जनाको र्‍यापिड टेस्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले जानकारी दिनुभयो ।

तर उनीहरु बाहिरबाट आएका भएकाले पीसीआर विधिबाट पनि परीक्षण गरिरार्खौँ भनेर परीक्षण गर्दा उनीहरुमध्ये १२ जनामा कोभिड १९ को सङ्क्रमण भएको रिपोर्ट आएको उहाँले बताउनुभयो । 

यसैबिच, कोभिड १९ देखिएका १२ जना र अरु चारजनासहित १६ जनालाई विराटनगर लगिएको छ । उनीहरुलाई चारवटा एम्बुलेन्समा राखेर गएराती विराटनगरको कोरोना विशेष अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।

मस्जिदमा भारतीय नागरिक लुकेर बसेको जानकारी पाएपछी मस्जिदलाई उच्च निगरानिमा राखि १६ जनाको स्वाव परिक्षण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक वीरबहादुर मगरले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया